Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsबहालवाला मन्त्रीसहित भीआईपीमा कोरोना संक्रमण

बहालवाला मन्त्रीसहित भीआईपीमा कोरोना संक्रमण


काठमाडौं । आइतबार मात्रै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । शनिबार ज्वरो आएपछि पाटन अस्पताल भर्ना भएका मन्त्री पोखरेलको पीसीआर परिक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।

मन्त्री पोखरेल अहिले पनि अस्पतालमै छन् । यसअघि शनिबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको थियो । सोमबारको पीसीआर परिक्षण नेगेटिभ आएपछि काठमाडौं बाहिर पुगेर फर्किनुभका मन्त्री भट्टराईले शरिबार गरेको पीसीआर परिक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो । आइतबार नै नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री सुनिल बहादुर थापा कोरोना भाइरस संक्रमण पुष्टिभएपछि अस्पताल भर्ना भएका छन् । पाँच दिनदेखि ज्वरो आउने क्रम नरोकिएपछि ह्याम्सअस्पताल भर्ना गरिएको हो । पूर्वमन्त्री थापा, उनकी श्रमती र चालकलाई कोरोना पोजेटिभ देखिएको छ ।

करिब एक साता अघि मात्रै नेपाली काँग्रेसका नेता एवं पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापा, नेता अर्जुननरसिंह केसी लगायतका केही नेताहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । प्रधानमन्त्रीका तीन सल्लाहकारसहित बालुवाटारमा कार्यरत ७३ बढी कर्मचारी र सुरक्षाकर्मीमा कोरोना देखिएको थियो । तीन सल्लाहकारले कोरोना जितेपनि अन्य आइसोलेसनमै छन् ।

योबीचमा काठमाडौं र ललितपुर महानगरका मेयर, बुढानिलकण्ठ नपाका मेयर, महालक्ष्मी नपाका मेयर लगायत थुप्रै स्थानीय तहका जनप्रतिनिधि समेत कोरोना संक्रमित बनेका छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ