Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसंघीय संसदको विवादित लोगो सच्याइयो, नयाँ लोगो वितरण सुरु

संघीय संसदको विवादित लोगो सच्याइयो, नयाँ लोगो वितरण सुरु


काठमाडौं । संघीय संसद सचिवालयले सांसदहरुको विवादित लोगो सच्याएको छ । सरकारले लिपुलेक, लिम्पियाधुरा समेटिएको नक्सा जारी गरेपछि पुरानो नक्सा अंकित लोगोलाई खिचेर संघीय संसद सचिवालयले नयाँ लोगो दिएसँगै लोगोमा अंकित नेपालको नक्सा हचुवाका भरमा बनाएको भन्दै विवाद सुरु भएको थियो ।

कतिपय सांसदहरुले नै लोगो फिर्ता गरेपछि सचिवालयले सबै लोगोलाई परिमार्जन गर्दै नयाँ बनाउन दिएको थियो । लिपुलेकसहितको दुरुस्त नक्सा राखेर सचिवालयले बनाएको नयाँ लोगो वितरण प्रक्रिया सुरु भएको छ । नयाँ लागो बनाउन लागेको खर्च पहिले बनाउने पक्षले नै व्यहोरेको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिनुभयो । टेकवीर मुखियाले डिजाइन गरेको लोगो बागमती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयले निर्माण गरेको हो ।

परिमार्जित लोगोमा भने विवाद नआउने विश्वास गरिएको संघीय संसद सचिवालयका सुचना अधिकारी दशरथ धमलाले जानकारी दिनुभयो । नयाँ लोगो सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लगाउन थाल्नुभएको छ भने संसदहरुले पनि लैजान थाल्नुभएको संसद सचिवालयले जानकारी दिएको छ । Photo : Onlinekhabar



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ