Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsर्यापर भिटेनलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

र्यापर भिटेनलाई पक्राउ नगर्न उच्च अदालतको आदेश


काठमाडौं । र्याप गायक भिटेन भनिने समिर घिसिङलाई पक्राउ नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ । गीत, संगीतको विषयमा उनलाई पक्राउ गर्नुपर्ने कारण नदेखिएको भन्दै मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले धरपकड नगर्न प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोका नाममा आदेश जारी गरेको हो ।

भिटेनले एक साताअघि सार्वजनिक गरेको पारा नामक गीतमा अश्लील शब्द र गालीगलौज गरिएको भन्दै प्रहरी प्रधान कार्यालयले अनुसन्धान गर्न साइबर ब्युरोलाई पत्राचार गरेको थियो । यो विषय सार्वजनिक भएलगत्तै भिटेनले युट्युबको ट्रेडिङ नं. १ मा रहेको आफ्नो गीत हटाएका थिए । आइतबार मात्रै प्रेस विज्ञप्ति जारी गरेर गीतलाई संशोधनपछि पुनः राखिने जानकारी गराएका भिटेनले गितका शब्दले असर पुगेकाहरुसँग माफि समेत मागेका थिए । प्रहरीले पक्राउका लागि खोजी तिब्र पारेपछि भिटेनले यहि कार्तिक १६ गते अदालतमा प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोलाई विपक्षी बनाएर निषेधाज्ञा सम्बन्धी रिट निवेदन दर्ता गराएका थिए ।

अदालतमा निवेदन परेपछि प्रहरी प्रधान कार्यालयले महानगरीय अपराध महाशाखालाई अनुसन्धानको जिम्मेवारी दिएको थियो । महाशाखाले भने भिटेनले गीत हटाएको र सार्वजनिक याचना गरेकाले अनुसन्धान गर्नुनपर्ने निष्कर्ष निकालेको थियो । यसअघि ‘हामी यस्तै त हो नि ब्रो’ बोलको गीतमा प्रहरीलाई गालीलगौज गरेको आरोपमा उनलाई महाशाखाले अघिल्लो वर्षको कात्तिक ७ गते पक्राउ गरेको थियो । गल्ति नदोहोर्याउने प्रतिबद्धता गरेसँगै भिटेनलाई अभद्र व्यवहार सम्बन्धी कसूरमा साधारण तारखेमा छाडिएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ