Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालको नेगेटिभ रिपोर्ट बोकेर उडान भर्ने यात्रु विदेश पुगेपछि कोरोना पोजेटिभ, यात्रु दोषी कि ल्याब ?

नेपालको नेगेटिभ रिपोर्ट बोकेर उडान भर्ने यात्रु विदेश पुगेपछि कोरोना पोजेटिभ, यात्रु दोषी कि ल्याब ?


काठमाडौं । नेपालमा कोरोना भाइरसको पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट बोकेर विदेश पुगेका यात्रुहरुमा विदेश पुगेपछि धमाधम कोरोना पोजेटिभ देखिन थालेको छ । यसको मारमा यात्रु बोकेर विदेश उड्ने वायुसेवा कम्पनी मात्रै परेका छैनन यसले नेपालमा हुने परीक्षणको विश्वसनीयतामा समेत प्रश्न उठेको छ ।

नेपाल एयरलाइन्सकी प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार पछिल्ला केही दिनयता हङकङ, दुबई, नारिता (जापान)लगायत गन्तब्यमा नेपालबाट पीसीआर नेगेटिभ रिपोर्ट लिएर गएका यात्रुमा सम्बन्धित गन्तब्यमा पुगेपछि कोरोना पोजेटिभ नतिजा आएको छ । कोभिड संक्रमित ल्याएको भन्दै नेपाल एयरलाइन्समाथी हङकङले दोस्रोपटक प्रतिवन्ध लगाएको छ । दुबई र नारिता विमानस्थलबाट समेत चेतावनीसहित प्रोटोकल सूचीको सामना गर्नुपरेको छ । सो प्राटोकल पालना नगरी यात्रु सम्बन्धित मुलुक पुगेमा त्यसको दोष एयरलाइन्सले लिनुपर्नेछ । यसरी आउने कोरोना जाँचको रिपोर्टले एयरलाइन्सले प्रतिवन्धको सामना गर्नुपर्दा आर्थिक र प्रतिष्ठानमा समेत आँच आउन लागेको भन्दै नेपाल एयरलाइन्सले चिन्ता व्यक्त गरेको छ ।

नेपालबाट नेपाल एयरलाइन्सले उडान गर्ने गन्तब्यमा पछिल्लो ७२ घण्टायताको नेगेटिभ पीसीआर रिर्पोट भएमा यात्रा गर्न सकिने प्रावधान छ । तर नेपालको नेगेटिभ पीसीआर रिपोर्ट बोकेका यात्रु विदेश पुगेपछि पोजेटिभ देखिनुमा यात्रुको असावधानी हो वा ल्याबको लापरबाही यसबारे सरकारले वास्तविकता पत्ता लगाउनु आवश्यक छ । अब नेपालको त्रिभुवन विमानस्थलबाट जहाज चढ्दा पीसीआर नेगेटिभ भएको रिपोर्ट बुझाएर उडेका यात्रुमा गन्तब्यमा पुगेपछि पोजेटिभ देखिए उडान कम्पनीले कुनै जिम्मेवारी नलिने भएका छन् । यसरी एयरलाइन्सले हात झिक्दा यसको सम्पुर्ण जिम्मेवारी यात्रु स्वयमले लिनुपर्ने भएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ