Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsउद्धार स्थगन गरेर अब नियमित अन्तर्राष्ट्रिय उडान, विमानमार्फत १ लाख ३६ हजार नेपाल आए

उद्धार स्थगन गरेर अब नियमित अन्तर्राष्ट्रिय उडान, विमानमार्फत १ लाख ३६ हजार नेपाल आए


काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिले नियमित अन्तर्राष्ट्रिय हवाई उडान सुरु गर्न भन्दै सिफारिस गरेको छ । सीसीएमसी निर्देशक समितिको आइतबारको बैठकले दक्षिण एसियालगायतका उपयुक्त गन्तव्यमा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषदमा लैजाने बारे निर्णय गरेको हो ।

केबलकार सञ्चालन, जंगल सफारी, साहसिक पर्यटनलगायतका पर्यटन गतिविधि खुला गर्ने समेत सीसीएमसीको प्रस्तावमा समेटिएका छन् । सीसीएमसी बैठकले कोरोना महामारीका कारण विदेशमा अप्ठ्यारोमा परेकाहरुको उद्धार अन्त्य गर्ने निर्णय समेत गरेको छ । सीसीएमसी सदस्य सचिव महेन्द्र गुरागाईंले विदेशका विभिन्न देशबाट हालसम्म १ लाख ३६ हजार २१६ जनाको उद्दार भएको जानकारी दिनुभयो । कूटनीतिक नियोगहरुबाट उद्दार गर्न जरुरी भएकाहरुको संख्या लगभग सकिएको भन्दै उहाँले कोही भए नियमित उडानमा समावेश गर्न सकिने बताउनुभयो ।

सीसीएमसीले विदेशबाट आउन खुला रहने नेपाल भारत सीमा तर्फका अन्तर्राष्ट्रिय सीमा नाकामा बैतडीको झुलाघाटलाई पनि थप्न सिफारिस गरेको छ । सीसीएमसी निर्देशक समितिको बैठकले कूटनीतिक नियोगका कर्मचारीका परिवारलाई नेपाल आउन दिने निर्णय गरेको छ । संक्रमणको पछिल्लो अवस्थाबारे विश्लेषण गरेर शैक्षिक संस्थाहरु खुला गर्ने वा नगर्ने निर्णयमा पुग्ने बारे सीसीएमसीमा छलफल भएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ