Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsबन्दना राणा दोश्रो कार्यकालका लागि संयुक्त राष्ट्रसंघीय सिड कमिटिमा निर्वाचित

बन्दना राणा दोश्रो कार्यकालका लागि संयुक्त राष्ट्रसंघीय सिड कमिटिमा निर्वाचित


काठमाडौं । बन्दना राणा महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति (सिड) को सदस्यमा पुनः निर्वाचित हुनुभएको छ । न्यूर्योकमा सोमबार भएको कमिटिको २१ औँ बैठक अन्तर्गत भएको चुनावमा १३७ देशको मत पाएर राणा पुनः निर्वाचित हुनुभएको हो ।

राणा दोस्रो कार्यकालका लागि सिडको सदस्यमा निर्वाचित भएको संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी मिसनले समेत पुष्टि गरेको छ । १९ उम्मेदवार मध्ये सर्वाधिक मत पाउनेको सूचिमा राणा तेस्रो हुनुभएको छ । सन् २०२१–२०२४ को कार्यकालका लागि उहाँसँगै ११ उम्मेदवार निर्वाचित भएका छन् । नेपालकी राणासँगै नेदरल्याण्डस, बहमास, लिथुवानिया, घाना, अस्ट्रेलिया, मेक्सिको, लेबनान, फ्रान्स, फिलिपिन्स र चीनका विज्ञहरु पनि सिटका लागि निर्वाचित भएका छन् ।

तीन दशकदेखि लैंगिक समानता र महिला अधिकारको पक्षमा काम गर्दै आउनुभएकी राणा हाल सिड कमिटिकी उपाध्यक्ष समेत हुनुहुन्छ । राणा सिड कमिटिमा रहेर काम गर्ने पहिलो नेपाली समेत हुन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ