Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा कोरोना उपचार तथा रोकथाम : चालु आर्थिक वर्षमा मात्रै ७ अर्ब बिनियोजन

नेपालमा कोरोना उपचार तथा रोकथाम : चालु आर्थिक वर्षमा मात्रै ७ अर्ब बिनियोजन


काठमाडौं । कोरोना संक्रमणको जोखिम न्यूनीकरण तथा उपचार व्यवस्थापनका लागि सरकारले करिब ७ अर्ब रकम बिनियोजन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चालु आर्थिक वर्षको २०७७(०७८ मा कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि ६ अर्ब ८१ करोड ५९ लाख ६ हजार रुपैया बिनियोजन गरेको जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयको हाइ डिपेन्डेन्सी युनिटका लागि पठाइएको ३ अर्ब २५ करोड रुपैयाँसमेत यसमा समावेश भएको जानकारी दिनुभयो । प्रयोगशाला परीक्षण तथा व्यवस्थापन शिर्षकमा मात्रै हालसम्म १ अर्ब १२ करोड ४० लाख रकम निकासा भएको छ । संक्रमित व्यवस्थापन कट्याक्ट ट्रेसिङ,जोखिम भत्ताका लागि १ अर्ब १४ करोड २९ लाख ६ हजार, आईसीयू, भेन्टिलेटर र औषधि सुदृढीकरणका लागि १ अर्ब २९ करोड ९० लाख रुयैयाँ निकासा भएको प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो । यसअघि नै सरकारले संघ, प्रदेश र स्थानीय तह मार्फत कोरोना रोकथाम तथा उपचारमा करिब १० अर्ब खर्च गरिसकेको छ ।

कोरोनाको उपचार गर्न सूचीकृत गरेका सरकारी प्रयोगशाला र सरकारी अस्पतालमा कोरोना भाइरसको लक्षण र चिन्ह देखिएका विरामीको निशुल्क उपचार गरिने भएपनि बिमा कम्पनीबाट बिमा गरेकाहरुको हकमा उपचार रकम बिमाबाटै कट्टा गरिने बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ