Techie IT
Tue, October 19, 2021  |   मङ्लबार, कार्तिक २, २०७८
गृहपृष्ठ » Breaking News » भारतीय र अमेरिकी राजदूतले दिए तिहार र नेपाल संवदको शुभकामना

भारतीय र अमेरिकी राजदूतले दिए तिहार र नेपाल संवदको शुभकामना


235 Views

काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भाइटीकाको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले ट्वीट गर्दै – ‘दाजु–बहिनी, दीदी–भाईबीचको सम्बन्ध अझ प्रगाढ बनोस्, माता लल्क्ष्मीको आशिर्वाद मिलिरहोस्’ भन्दै सबै नेपालीमा शुभकामना दिनुभएको छ ।

यस्तै, अमेरिकी राजदूत रेन्डी बेरीले भाईटीका तथा नेपाल सम्बत् ११४१ अवसरमा सबै नेपालीमा शुभकामना दिनुभएको छ । ट्वीट गर्दै उहाँले ‘दाजुभाइ दिदीबहिनी बिच सद्भाव र प्रेमको पर्व भाईटीकाको अवसरमा तपाईंको परिवारमा आत्मीयता बढोस् र सबैजनाले सुरक्षित तरीकाले पर्व मनाउन सक्नुहोस् भन्ने शुभकामना दिनुभएको हो ।

यस्तै ट्वीटमै उहाँले ‘ह्याप्पी न्यू इयर ११४१ न्हूदँया भिन्तुना’ भन्दै नेपाल संवदको समेत शुभकामना दिनुभएको छ ।

क्याटेगोरी : Breaking News, Nepal



प्रतिक्रिया दिनुहोस

-Advertisement-