Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsउच्च रक्तश्रापले अस्पतालको वेडमा छटपटाएका दुई महिलाको ज्यान प्रहरीले जोगाए

उच्च रक्तश्रापले अस्पतालको वेडमा छटपटाएका दुई महिलाको ज्यान प्रहरीले जोगाए


काठमाडौं, सिमकोट । उच्च रक्तश्रापले अस्पतालको बेडमा थला परेका दुईजना महिलाको प्रहरी जवानले दिएको रगतबाट ज्यान जोगिएको छ । अस्पतालमा रोगले छटपटाइरहेका महिलालाई बचाउन प्रहरी जवानले रगत डोनेसन गरेका हुन् ।

बेला बेला रक्तश्रावको समस्या भोग्दै आएकी सिमकोट गाउँपालिका वडा नम्बर ८ की नानी बुढालाई उच्च रक्तश्राव हुन थालेपछि मात्र अस्पताल लगिएको थियो । अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराले तीन दिनसम्म रगत नपाएर छटपटाइरहेको बेला जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवानले रगत डोनेसन दिएपछि ज्यान जोगिएको बताउनुभयो । बुढाको ज्यान जोगिएको तीन दिनपछि उस्तै समस्या भोगेकी सिमकोट गाउँपालिका वडा नम्बर १ की कल्दरी बोहरा अस्पताल भर्ना भएकी थिइन् । उनलाई पनि प्रहरीले नै रगत दिएर ज्यान जोगाएका थिए । बरिष्ठ अनमी बोहराले जटिल केशबाट गुज्रीएका दुवै जनाको प्रहरी जवानबाट रगत पाएपछि ज्यान जोगिएको जानकारी दिनुभयो । रगतको आबश्यक पर्ने बिरामी अस्पतालमा भर्ना भएका बेला अस्पतालले रगत दिन इच्छुक ब्यक्तिलाई जानकारी गराउँने गरेको छ । यस्तो कार्यमा अस्पतालमै आएर प्रहरीले नै रगत उपलब्ध गराएर धेरै बिरामीको ज्यान बचाउने गरेका छन् ।

पछिल्लो समय रगतको अभाव बढ्दैगर्दा जोखिम टार्न प्रहरी र सेनाले देशका विभिन्न स्थानमा निक्कै ठूलो सहयोग गर्दै आएका छन् । गर्भवती महिलाहरुले एबोर्सन गर्न भन्दै बजारमा पाइने उच्च डोजका औषधी प्रयोग गर्ने अनि रक्तश्रावको समस्या आएपछि मात्र अस्पतालमा आउनेहरु बढेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । साउनयता मात्रै अस्पतालमा आएर ९३ जना महिलाले एबोर्सनको औषधी प्रयोग गरेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ