Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालबाट अब कुन–कुन मुलुकले पाउलान नयाँ उडान अनुमति ?

नेपालबाट अब कुन–कुन मुलुकले पाउलान नयाँ उडान अनुमति ?


काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले संक्रमणको जोखिमको अवस्था मुल्यांकन गरेर सबै देशहरुमा उडान अनुमित दिने निर्णय गरेको छ । सीसीएमसी निर्देशक समितिको बैठकले अहिले उडानका लागि स्वीकृति पाएका मुलुक बाहेक अन्य मुलुकमा समेत आवश्यकता अनुसार उडान अनुमति दिने निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले संक्रमणको जोखिम मुल्यांकन गरी अन्य मलुकमा पनि आवश्यकता अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित उडानको अनुमति दिने निर्णय भएको जानकारी दिनुभयो । अष्ट्रेलिया लगायतका कतिपय मुलुकमा नेपाल एयरलाइन्सले नै उडान भर्ने बारेको गृहकार्यमा समेत मन्त्रालय जुटेको बताइएको छ ।

विभिन्न सरकारी कार्यालयहरुमा एक दुई जनामा संक्रमण पोजेटिभ देखिने वित्तिकै सम्पूर्ण सेवा बन्द गर्ने प्रवृति बढेकाले त्यस्तो नगर्न समेत सीसीएमसीले ध्यानाकर्षण गराएको छ । संक्रमित व्यक्तिहरुलाई आइसोलेसनमा राखेर सेवा नियमित गर्न भनिएको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमणको जोखिम बढ्दै गएको भन्दै उपत्यका मेयर फोरमले कडा निषेधाज्ञा गर्न सिफारिस गरेपनि सीसीएमसीले तत्काल निषेधाज्ञा गर्ने विषयमा भने कुनै निर्णय लिएको छैन् ।

संक्रमणको उच्च जोखिम रहेका सिमित स्थानलाई सिल गरी अन्य सेवा सञ्चालन गर्ने सम्बन्धमा भने निर्णय लिन सकिनेगरि छलफल भएको बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ