Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsबालिका बलात्कारपछि हत्या प्रकरण : प्रदर्शनका घाइतेको मृत्युपछि बर्दिवासमा थप तनाब

बालिका बलात्कारपछि हत्या प्रकरण : प्रदर्शनका घाइतेको मृत्युपछि बर्दिवासमा थप तनाब


काठमाडौं, महोत्तरी । महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिका गुलाब साह खातुनको हत्या प्रकरणले थप उग्र रुप लिने देखिएको छ । विरोधमा उत्रिएका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा गम्भीर घाइते भएका सञ्जय भनिने बुद्धिराज न्यौपानेको उपचारका क्रममा मृत्यु भएसँगै थप द्धन्दको आँकलन गरेर बर्दियाको सुरक्षा व्यवस्थामा कडाई गरिएको छ ।

गोली लागेर गम्भिर घाइते भएका न्यौपानेलाई हेलिकोप्टरबाट काठमाडौंको ग्रान्डी अस्पताल लगिए पनि मंगलबार राति १ बजे उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उनीसँगै घाइते भएका श्याम कार्की भने अहिले उपचाररत छन् । न्यौपानेको मृत्युसँगै बर्दिबासमा थप तनावको स्थित सृजना भएको छ । बर्दिबास नगरपालिका–१४ शुभम् वस्तीकी ६ वर्षीय बालिका गुलाब साह खातुन आइतबार साँझदेखि बेपता भएकी थिइन् ।

सोमबार मध्य रातमा बालिकाको शव बोरामा फेला परेपछि बलात्कार गरेर हत्या गरेको भन्दै आक्रोशित स्थानियहरुले शव लिएर सडकमा प्रर्दश जारी राखेका छन् । प्रहरीले शवलाई आफ्नो नियन्त्रणमा लिएपनि हत्याको आरोपमा पक्राउ परेका आरोपितको घरलाइ स्थानीयहरुले जलाएका छन् । बर्दिबासमा थप तनाब बढेपछि उच्च सतर्कतासहित सुरक्षा तैनाथी बाक्लो बनाइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ