Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअव पर्यटकलाई नेपाल आउन थप सहज

अव पर्यटकलाई नेपाल आउन थप सहज


काठमाडौं । सरकारले पर्यटक भिसामा नेपाल आउने विदेशी नागरिकहरुका लागि भिसा सम्बन्धि व्यवस्था थप खुकुलो बनाउने भएको छ । भिसा प्रकृयामा विगतमा भएको व्यवस्था परिवर्तन गर्दै सरकारले पर्यटक भिसामा आउनेहरुका लागि केही खुकुलो बनाउन लागेको हो ।

विधायन व्यवस्थापन समितिमा छलफलमा रहेको अध्यागमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा विदेशी नागरिकले नेपाली भिसा प्राप्त गर्न दिने निवेदन तथा कागजात संकलन र सहजीकरणसम्बन्धि काम नेपाल सरकारले तोकेका कम्पनी र संस्थामार्फत गराउन सक्ने प्रस्ताव गरिएको छ । विधेयकमाथिको छलफलमा गृहमन्त्री रामबहादुर थापाले नेपालको पर्यटन क्षेत्रमा टेवा पु¥याउने उद्देश्यले यस्तो व्यवस्था गरिएको जानकारी गराएका छन् । आर्थिक समृद्धिको राष्ट्रिय आकांक्षा पुरा गर्न पर्यटन क्षेत्रको ठूलो सहयोग रहने भएकाले बढी भन्दा बढी पर्यटक भित्र्याउन भिसामा केही सहजिकरण गर्न लागिएको बताइएको छ । अध्यागमन सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक अहिले छलफलका क्रममा रहेकोले कानुनका रुपमा व्यवहारिक कार्यान्वयनमा आउन भने केही समय लाग्नेछ ।

अध्यागमन सम्बन्धि विद्यमान कानून परिवर्तन गर्नुपर्ने आवाज विभिन्न पक्षबाट आवाज उठ्न थालेपछि सरकारले केही कानून संशोधन र एकीकरण गर्न विधेयक ल्याएको हो । नेपालमा विदेशीको आगमन, उपस्थिति र नेपालबाट विदेशीको प्रस्थानलाई नियमित र व्यवस्था गर्ने उद्देश्यले ल्याइएको विधेयकले विदेश जाने र विदेशबाट हुने नेपाली नागरिकको आगमनलाई व्यवस्थित गर्ने सरकारी दाबी छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ