Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनायिका श्वेता खड्कासँग विवाह गर्ने विजयेन्द्र सिंह रावल को हुन् ?

नायिका श्वेता खड्कासँग विवाह गर्ने विजयेन्द्र सिंह रावल को हुन् ?


काठमाडौं । नायिका श्वेता खड्का बैबाहिक जीवनमा बाँधिने भएकी छिन् । श्वेताले मंसिर २२ गते धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी हुन् । स्वेताको बिहे गोकर्ण फरेष्ट रिसोर्टमा हुने बताइएको छ । बिहेका लागि निम्तो कार्ड समेत नजिकका आफन्त र साथीभाइलाई बाडिएको पाइएको छ ।

विजयेन्द्र र स्वेता केही समयदेखि प्रेम सम्बन्धमा रहेका थिए । विजयेन्द्रसँग स्वेताको बिहेको चर्चा नेपाली चलचित्र क्षेत्रमा यसअघि नै चलेको भएपनि स्वेताले मंसिर ५ मा आफूले बिहे गर्ने खबरमा सत्यता नभएको बताएकी थिइन् । अहिले भने नायिका श्वेता खड्काले बिहे गर्न लागेको स्विकार गरेकि छिन् । चलचित्र ‘कहाँ भेटिएला’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी श्वेताले नायक श्रीकृष्ण श्रेष्ठसँग वि.सं २०७१ साल असार २३ गते विवाह गरेकी थिइन् । तर, बिहे भएको करिब एक महिनापछि २०७१ साल साउन २५ गते भारतमा उपचारका क्रममा श्रीकृष्णको निधन भएको थियो । यसपछि, स्वेताले चलचित्र ‘कान्छी’ निर्माण गरिन् ।

स्वेता पछिल्लो समय चलचित्रसँगै विभिन्न व्यवसायमा आवद्ध छिन् । नायिका स्वेता खड्काले यो बर्षको मातातिर्थ औसीमा विजयेन्द्रकी आमालाई शुभकामना समेत दिएर प्रेममा रहेको आफैले संकेत गरेकि थिइन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ