Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsविन्टर सिजनका लागि दुई समूहले लिए हिमाल आरोहण अनुमति

विन्टर सिजनका लागि दुई समूहले लिए हिमाल आरोहण अनुमति


काठमाडौं । विन्टर सिजनका लागि नेपालका हिमाल चढ्न दुई समूहले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार बुधबारसम्म विन्टर सिजनका लागि लुजा पिक (५७२६ मिटर) र काङगेरी– २ (६५०६ मिटर) चढ्न आरोहण अनुमति जारी भएको हो ।

लुजा पिक चढ्न आरोहण अनुमति लिएका तीन जना नेपाली हुन् भने काङगेरी– २ आरोहणको अनुमति एक जना विदेशी आरोहीले लिएका छन् । हिमाल आरोहण र पदयात्रा सबैका लागि खुल्ला गरिएपनि कोरोना महामारि र नेपाल आयपछि बस्नुपर्ने क्वारेन्टीन लगायतका विषयमा प्रष्ट नहुँदा प्रयटकको आगम नगन्य मात्रै छ । सरकारले अहिले सबै प्रकारका पर्यटकीय गतिविधि खुला गरेको छ ।

यद्यपि क्वारेन्टिनका प्रावधानमा अझै प्रष्ट हुन नसक्दा सोचेजति संख्यामा पर्यटक भित्रन नसकिएको पर्यटन व्यवसायीहरुले बताउँदै आएका छन् । सामान्यतयाः वीन्टर सिजनमा साना हिमाल आरोहण गरे अभ्यस्त हुने अनि वसन्त ऋतुमा सगरमाथासहित ठूला हिमाल आरोहणको तयारी गर्ने गरिन्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ