Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsतीन दिनभित्र कोरोना बिमाको भुक्तानी दिनु : अर्थ मन्त्रालय

तीन दिनभित्र कोरोना बिमाको भुक्तानी दिनु : अर्थ मन्त्रालय


काठमाडौं । कोरोना बिमाको रकम ७ दिनभित्र भुक्तानी दिनू भन्दै आफैले जारी गरेको निर्देशन कार्यान्वयन गराउन नसकेको अर्थ मन्त्रालयले पुनः अर्को ताकेता निर्देशन पठाएको छ । यस अघिको निर्देशन कार्यान्वयन नभएको भन्दै अर्थमन्त्रालयले बिमा कम्पनीहरुको नियमनकारी निकाय बिमा समितिलाई ३ दिनभित्रै कोरोना बिमाको रकम भुक्तानी गरी सो जानकारी मन्त्रालयमा पठाउन निर्देशन जारी गरेको हो ।

हाल कुन–कुन बिमा कम्पनीमा कति संख्यामा दाबी परेको छ, समस्या समाधानका लागि समितिबाट के कति प्रयास भइरहेको छ र मन्त्रालयमा सहजीकरणका लागि पहल गर्नुपर्ने विषय के–के हुन् भन्दै त्यसको विस्तृत विवरण समेत पठाउन निर्देशनमार्फत भनेको छ । अर्थमन्त्रालयद्वारा प्रेसित पत्रमा भनिएको छ ‘कोरोना बिमाको हालसम्मको दाबी संख्या, कागजात पूरा भएका दाबी संख्या, प्रमाणीकरणका लागि स्वास्थ्य सेवा विभागमा पठाएको संख्या, प्रमाणीकरण नभएका वा नक्कली दाबी विवरण, दाबी भुक्तानीको विवरण र सबै कागजात पूरा भई भुक्तानी गर्न बाँकी विवरण सार्वजनिक समेत गर्नुहुन अनुरोध छ ।’

करिब ९ हजार भुक्तानीको प्रक्रियामा रहेको दाबी गर्दैगर्दा १३ हजार भन्दा धेरैको कोरोना बिमाको रकम भुक्तानी हुन बाँकी छ । सरकारको ताकेता र पटक पटक धाउँदा समेत भुक्तानी नपाएको भन्दै गुनासोगर्ने विमाकर्ताहरु बढिरहेका छन् । अझ, विभागिय मन्त्री, प्रशासक र राजनीतिक शोर्ष फोर्स पाउनेहरुको भुक्तानी केही दिनमै हुने अनि समान्य उपभोक्ताले महिनौँ कुर्नुपर्ने भन्दै बिमामा विभेद भएको गुनासो पनि आउने गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ