Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsआज सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई सार्वजनिक

आज सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई सार्वजनिक


काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक हुँदैछ । नापी विभागका अनुसार नेपालको आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरेर पहिलो पटक नापिएको सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गर्न लागिएको हो ।

दुई वर्षअघिको सर्वेक्षणबाट प्राप्त विवरण चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल भइ सगरमाथाको उचाइ सार्वजनिक गर्न लागिएको जनाइएको छ । चीनका राष्ट्रपति सी चिनफिङ गएको वर्ष नेपाल भ्रमणमा आउँदा सगरमाथाको उचाइ संयुक्त रूपमा सार्वजनिक गर्ने सहमति भएको थियो । आज दुवै देशमा एकै पटक सगरमाथाको उचाइ सार्वजनिक गरिने छ । यही मङ्सिर १० गते मन्त्रिपरिषद् बैठकले उचाइ घोषणाको स्वीकृति दिइसकेको छ । आधुनिक तथा परम्परागत दुवै विधि अवलम्बन गरी सगरमाथाको उचाइ मापन गरिएको नापी विभागले जनाएको छ ।

भारतले सन् १९५४ मा मापन गरेको सगरमाथाको उचाइ आठ हजार आठ सय ४८ मिटरलाई अहिलेसम्म नेपालले मान्यता दिँदै आएको थियो । सगरमाथाको उचाईमा केही बृद्धी भएको भनिएपनि आधिकारीक घोषणपछि मात्रै यसको एकिन हुनेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ