Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsबालुवाटार जग्गा प्रकरण : अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यात पुर्पक्षका लागि थुनामा

बालुवाटार जग्गा प्रकरण : अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यात पुर्पक्षका लागि थुनामा


काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात पुर्पक्षका लागि थुनामा गएका छन् । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले करिब चार घण्टासम्म भएको थुनछेक बहसपछि पुर्पक्षका लागि बस्न्यातलाई थुनामा पठाउन आदेश दिएको हो ।

न्यायाधीशहरू प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले थुनामा पठाउन आदेश जारी गरेको अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिनुभयो । बस्न्यात आफूविरुद्धको भ्रष्टाचार मुद्दामा बहस गर्न आफ्ना कानुन व्यवसायीसहित आजै अदालतमा हाजिर भएका थिए । अख्तियारले उनीविरुद्ध २०७६ माघ २२ गते नौ करोड ६५ लाख ७६ हजार रूपैयाँ बिगो दाबीसहित मुद्दा दर्ता गरेको थियो । बस्न्यातले फर्जी मोही खडा गरेर ललिता निवासको जग्गा हडप्न सहयोग गरेको अख्तियारको जिकिर छ । तत्कालीन समयमा उनी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवको जिम्मेवारीमा थिए ।

विशेष अदलातको आदेशबाट थुनामा पुगेका बस्न्यात बिरुद्ध अकुत सम्पति आर्जन गरेको श्रोत नखुलेको सम्पती भेटिएको लगायतको बिषयमा सम्पत्ति शुद्धिकरण विभागले समेत छानविन गरिरहेको छ । उनको निवासमा अस्वभाविक बस्तुहरु भेटिएको बस्न्यातको सम्पर्कमा आएका अन्य व्यक्तिहरुको समेत अस्वभाविक सम्पत्ति देखिएको अनुसन्धान अधिकारीहरुले स्विकार गरेपनि अनुसन्धानको प्रक्रिया पुरा भएपछि मात्रै सम्पूर्ण तथ्यहरु सार्वजनिक गर्ने बताउँदै आएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ