Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsडा. गोविन्द केसी समेत आन्दोलनमा, संविधान रक्षाका लागि सडकमा आएको दाबी

डा. गोविन्द केसी समेत आन्दोलनमा, संविधान रक्षाका लागि सडकमा आएको दाबी


काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा विभिन्न अभियन्तासँगै डा. गोविन्द केसी समेत आन्दोलित हुनुभएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि देशभर भएको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै स्वास्थ्य शिक्षा सुधारका लागि आन्दोलन गर्दै आएका डा. केसी पनि सहभागी भएका हुन् ।

डा.केसी नागरिक अगुवाको आह्वानमा भएको प्रदर्शनमा माइतिघरमा पुग्नुभएको थियो । संसद विघटन गरेर सरकारले निरंकुश काम गरेको भन्दै त्यसको विरोधमा आन्दोलनमा सहभागी भएको डा. केसीले बताउनुभयो । संसद पुनस्थापना गरेर संविधानको रक्षाका लागि आफूहरुको आन्दोलन जारी रहने केसीको दाबी थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ