Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsडा.केसीको अगुवाईमा प्रतिनिधिसभा विघटन विरुद्ध प्रदर्शन

डा.केसीको अगुवाईमा प्रतिनिधिसभा विघटन विरुद्ध प्रदर्शन


काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा दिनहुजसो प्रदर्शन हुँदै आएको छ । दिनहुँ प्रदर्शन हुने काठमाडौको माइतीघरमा आज पनि प्रदर्शन भएको छ। डा. गोविन्द केसीसहितका सामाजिक अभियन्ताहरुको अगुवाईमा माइतीघरमा भएको विरोध कार्यक्रममा विभिन्न नारा लेखिएका प्ले कार्डहरु प्रदर्शन गरिएको छन् ।

प्रदर्शनमा सहभागी भएकाहरुले प्रतिनिधिसभालाई मार्न नदिन र संविधानवादको रक्षा गर्नका लागि सडकमा उत्रनुपरेको दाबी गरेका थिए । उनीहरुले संवैधानिक निकायको कब्जा बन्द गर, संवैधानिक सर्वोच्चता कायम गर, प्रतिनिधिसभा मार्न पाइदैन निरंकुश सरकार चाहिँदैन, लोकतन्त्रको बिरुवा नमार, लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ