Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalसरकारले थाल्यो दोस्रो चरणमा चाहिने कोरोनाविरुद्धको खोप खरिद प्रक्रिया

सरकारले थाल्यो दोस्रो चरणमा चाहिने कोरोनाविरुद्धको खोप खरिद प्रक्रिया


काठमाडौं । सरकारले दोस्रो चरणमा चाहिने कोरोनाविरूद्धको खोप खरिद पक्रिया सुरू गरेको छ । नेपालमा कोरोना भाइरसको संक्रमण देखिएको एक वर्षपछि बुधबार खोप अभियान थालेको सरकारले दोस्रो चरणका लागि आवश्यक खोप खरिद प्रकिया अघि बढाएको हो ।

यसका लागि भारतस्थित नेपाली राजदूतावासमार्फत त्यहाँको परराष्ट्र मन्त्रालय र नीति आयोगसँग परामर्श भइरहेको छ । नेपाललाई १० लाख डोज ‘कोभिशिल्ड’ खोप अनुदानमा दिएको भारतले विक्रीका लागि प्रति मात्रा भारतीय ३०० रूपैयाँसम्म पर्न सक्ने अनुमानित मूल्य तोकेको छ । तर, यसबारे अन्तिम निर्णय भइनसकेकाले मूल्य तलमाथि हुन सक्ने स्वास्थ्य मन्त्रालयको आँकलन छ । अहिले खोप लगाएकाहरूलाई २८ दिनपछि दोस्रो डोज दिन पर्नेछ । त्यसबाहेक दोस्रो चरणका लागि १७ प्रतिशत अर्थात ५१ लाख नागरिकलाई खोप उपलब्ध गराउने तयारीस्वरूप सरकारले खोप खरिद पक्रिया अघि बढाएको जनाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार खोप अभियानका क्रममा खोप खरिदका लागि आवश्यक बजेट व्यवस्था भइसकेको जानकारी दिनुभएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि वजेटसहित खोप खरिदको आवश्यक प्रक्रिया सुरु गरिएको जानकारी दिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ