Friday, 26 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्रधानमन्त्री ओली, पूर्वसभामुख ढुंगाना र ५ पूर्वप्रधानन्यायाधीशसँग अदालतले माग्यो जवाफ

प्रधानमन्त्री ओली, पूर्वसभामुख ढुंगाना र ५ पूर्वप्रधानन्यायाधीशसँग अदालतले माग्यो जवाफ


काठमाडौं । सर्वोच्च अदालतले अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ५ दिनभित्र आफै उपस्थित भएर जवाफ दिन आदेश दिएको छ ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीलाई बाटोको म्याद बाहेक ५ दिनभित्र अदालतमा उपस्थित भएर अदालतको अवहेलना मुद्दामा जवाफ दिन आदेश जारी गरेको हो । प्रतिनिधिसभा विघटनको मुद्दामा ‘बाजे वकिललाई इजलासमा लगेर तमासा गरेको’ अभिव्यक्ति दिएका प्रधानमन्त्री ओलीविरुद्ध अधिवक्ता डाक्टर कुमार शर्मा आचार्यले अपहेलना मुद्दा दायर गरेका थिए ।

यस्तै, चार पूर्व प्रधानन्यायाधीहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीका साथै पूर्व सभामुख दमननाथ ढुंगानालाई पनि बाटोको म्यादबाहेक ७ दिनभित्र अवहेलना मुद्दामा जवाफ दिनका लागि सर्वोच्चले आदेश जारी गरेको छ । अपहेलना मुद्धा खेपेका पूर्वसभामुख दमननाथ ढुंगानालाई समेत बाटोको म्याद बाहेक ७ दिनभित्र अदालतमा हाजिर भएर जवाफ पेश गर्न आदेश दिइएको छ । पूर्वसभामुख ढुंगानाले म्याद तामेल भएपछि सर्वोच्च अदालतले माग गरेको लिखित जवाफ दिने बताएका छन् । अधिवक्ता राजाराज घिमिरेले पूर्वसभामुख ढुंगाना विरुद्ध अवहेलना रिट दर्ता गराएका थिए ।

प्रधानमन्त्री ओलीलाई अवहेलना मुद्दामा अदालतमा उपस्थित गराएर बयान लिई कारबाही गर्नुपर्ने माग समेत कानून व्यवसायीहरूले गरेका छन् । अदालतमा विचाराधीन मुद्दामा अभिव्यक्ति दिएको भन्दै सर्वोच्च अदालतमा प्रधानमन्त्रीविरुद्ध वरिष्ठ अधिवक्ता कुमार शर्मा र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले रिट निवेदन दायर गरेका हुन ।
आदेशको पूर्णपाठ :



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ