Techie IT
Tuesday May 11, 2021  |   मङ्लबार, बैशाख २८, २०७८
गृहपृष्ठ » Breaking News » असनको अन्नपूर्ण नारायण मन्दिरमा पहिलो पटक महिला पुजारी

असनको अन्नपूर्ण नारायण मन्दिरमा पहिलो पटक महिला पुजारी


172 Views

काठमाडौं । गुठी संस्थानले असनको अन्नपूर्ण नारायण मन्दिरमा पहिलो पटक महिला पुजारी नियुक्त गरेको छ । गुठी संस्थानले अन्नपूर्ण नारायण मन्दिरमा एक वर्ष परीक्षणकाल रहनेगरी पाँच वर्षका लागि सहनशीला शर्मा झालाई पुजारी नियुक्त गरेको हो ।

पहिलो पटक महिला पूजारीको रुपमा नियुक्त भएपछि सहनशीलाले सामाजिक सञ्जालमा खुसी व्यक्त गर्दै पुर्खाले गर्दै आएको परम्परालाई आफूले जितेको बताउनुभएको छ । उहाँले आफू नेपालकै पहिलो महिला पुजारी भएको दाबी गर्दै आफैलाई प्रश्न समेत गर्नुभएको छ । गुठी संस्थानले शर्मालाई दरबन्दी अनुसारको नित्य र पर्वपूजा बापतको खर्च पाउने व्यस्थासहित नियुक्ति गरेको जनाइएको छ ।

क्याटेगोरी : Breaking News, Nepal



प्रतिक्रिया दिनुहोस

-Advertisement-