Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsश्रमको मूल्य माग्दा आन्दोलन गर्नुपर्ने कर्मचारी र स्वास्थ्यकर्मीको बाध्यता !

श्रमको मूल्य माग्दा आन्दोलन गर्नुपर्ने कर्मचारी र स्वास्थ्यकर्मीको बाध्यता !


काठमाडौं । सम्झौता गरे अनुसार बाँकी रहेको पारिश्रमिक नदिएको भन्दै मनमोहन मेमोरियल सामुदायिक अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु निरन्तर आन्दोलित भएका छन्। अस्पताल प्रशासन तथा नेपाल स्वास्थ्य सहकारी संस्था नेको नेपालले स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तीन महिनाभित्रै बाँकी रहेको सम्पूर्ण पारिश्रमिक भुक्तानी गर्ने सहमति गरेपनि सहमति कार्यान्वयन नभएपछि पुनः आन्दोलन सुरु भएको हो ।

सहमतीको तीन महिना बितिसक्दा पनि बाँकी रहेको पारिश्रमिक उपलब्ध नगराएको भन्दै अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु सितापाईलास्थित सहकारी तथा मनोमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल रहेको परिसरमा पुगेर धर्नामामा बस्दैआएका छन् । व्यवस्थापनले आफूहरुको कामको अवमुल्यन गरेको, यसअघि गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै शान्तिपूर्ण धर्नामा उत्रिएको कर्मचारीहरु बताउँछन् । लामो समयदेखी पारिश्रमिक तथा सेवा सुविधा रोकेको अस्पताल नै बन्द गराएर आफूहरुलाई बेवारिसे जस्तो बनाएको आन्दोलनरत कर्मचारी तथा स्वास्थ्यकर्मीको आरोप छ । आफूहरुको जायज माग सम्बोधन गर्न अविलम्ब वार्तामा बस्न आन्दोलनरत पक्षले नेको प्रशासनसँग माग गरेका छन् । श्रमिकको माग पूरा गर्नुपर्ने, श्रमिक प्रतिनिधिसँग गरेको सम्झौता कार्यान्वयन गर्नुपर्ने तथा श्रमिकको रोजगारीको सुनिश्चितता गर्नुपर्ने लगायतको माग आन्दोलनका क्रममा राखिएको छ ।

आफ्नो पारिश्रमिक र सेवा सुविधा माग्न पटक–पटक आन्दोलित भएका यहाँका कर्मचारी तथा स्वास्थ्यकर्मी, सहकारी तथा अस्पताल प्रशासनले तीन महिनामा बाँकी बख्यौता दिने सहमति गरेर कार्यान्वयन नगरेपछि पुन एक सातादेखी आन्दोलित हुँदै आएका छन् । नेकपाका प्रभावशालि नेता समेत रहेका सुरेन्द्र\राजेन्द्र पाण्डे दाजुभाईकै सहकारीबाट श्रमिकमाथी अन्याय भएको विषयलाई विभिन्न मजदुर संगठनले समेत गम्भिर रुपमा लिएका छन् । श्रमको मुल्य माग्न बारम्बार सडक आन्दोलन गर्नुपर्ने कर्मचारी र स्वास्थ्यकर्मीको मागप्रति नेको नेपाल सहकारी र अस्पताल प्रशासन गम्भिर बन्नुपर्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ