Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनिर्वाचन आयोगमा प्रचण्ड–नेपाल समूहको आधिकारिता दाबीसहितको पत्र

निर्वाचन आयोगमा प्रचण्ड–नेपाल समूहको आधिकारिता दाबीसहितको पत्र


काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार नै आधिकारिता दाबी गरेर निर्वाचन आयोगमा पत्र दर्ता गराएको छ । नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरुले मंगलबार आयोगमा पुगेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकता दाबी पेश गरेका हुन् ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले दल ऐनको धारा अनुसार नै आधिकारिकताको दाबी पेश गरेको जानकारी दिनुभयो । प्रतिनिधिसभा विघटनसँगै विभाजित नेकपाको प्रचण्ड–माधव समूहले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको र ओली समूहले केन्द्रीय कमिटी विस्तार गर्दै त्यही विवरण अध्यावधिक गर्न आयोगलाई पत्रचार गरेपनि आयोगले ११ माघमा दुबै पक्षको दाबी इन्कार गरेको थियो । निर्वाचन आयोगलाई छिनोफानो गर्न सहज होस भनेर राजनीतिक दलसम्बन्धी ऐनअनुसार आधिकारिता दाबी गरेको प्रचण्ड–माधव समूहका नेताहरुको दाबी छ । आयोगले माघ १२ मा जवाफी पत्र पठाएपछि २५ प्रतिशत केन्द्रीय सदस्यले बैठक माग गरेको र त्यसअनुसार सोमबार बैठक बस्दाको २७५ केन्द्रीय सदस्यको उपस्थितसहितको निर्वाचन आयोगमा आधिकारिता दाबी पेश गर्ने निर्णय गरेको नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।

यद्यपी निर्वाचन आयोगबाट नेकपा फूटको प्राविधिक छिनोफानो बाँकी नै रहँदा प्रधानमन्त्री ओली र प्रचण्ड–नेपाल पक्ष दुबैले आफू संस्थापन भएको दाबी गर्दै आएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ