Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्रतिनिधिसभा विघटनविरुद्ध शनिबारसमेत प्रदर्शन

प्रतिनिधिसभा विघटनविरुद्ध शनिबारसमेत प्रदर्शन


काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोध गर्दै शनिवारपनि काठमाडौंमा प्रदर्शन भएका छन् । डा. गोविन्द केसी, पत्रकार नारायण वाग्लेसहितका नागरिक अगुवा विभिन्न स्वतन्त्र अभियन्ता तथा विभिन्न दलिय संघ संगठनका तर्फबाट प्रतिनिधिसभा विघटनको विरोधमा शान्तिपूर्ण प्रदर्शन भएका हुन् ।

‘प्रतिनिधिसभा विघटनको विरुद्ध अहिंसात्मक नागरिक प्रदर्शन’ लेखिएको ब्यानरसहित माइतिघरमा शान्तिपूर्ण प्रदर्शन भयो । नेपाली कांग्रेस आबद्ध पेशाकर्मी तथा श्रमिकद्वारा देशभर साङ्केतिक विरोध प्रदर्शन गरेका थिए । विरोधस्वरुप प्ले कार्ड, कालोपट्टी र कालो मास्क लगाएका समूहद्वारा काठमाडौँको टुँडिखेललाई केही समय मानवसाङ्लो बनाई घेराउ गरेर समेत प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गरिएको छ । प्लेकार्डमा ‘प्रतिनिधिसभाको पुर्नबहाली गर, संवैधानिक सर्वोच्चता कायम गर, सामाजिक भत्ता लागू, आमनागरिकलाई निःशुल्क खोप यथाशीघ्र वितरण, सबै श्रमिकको स्थानीय तहमा पञ्जिकरण र न्यूनतम पारिश्रमिक निर्धारण गर’ जस्ता माग लेखिएका थिए ।

सहभागिहरुले प्रतिनिधिसभा मार्न पाईँदैन, निरंकुश सरकार चाहिँदैन, संवैधानिक निकायको कब्जा बन्द गर, प्रतिनिधिसभा पुनःस्थापना गर लगायत नारा लेखिएका पोस्टरसहित नारा लगाएका थिए । भौतिक दूरी कायम गरी कालो मास्क र कालोपट्टी लगाई विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका पेशाकर्मी र श्रमिकले भने मौन विरोध प्रदर्शन गरेका थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ