Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालट्युबका नेपाल सम्पादकलाई कोरोना संक्रमण, होम आइसोलेसनबाटै काम

नेपालट्युबका नेपाल सम्पादकलाई कोरोना संक्रमण, होम आइसोलेसनबाटै काम


काठमाडौं । नेपालट्युबका नेपाल सम्पादकलाई कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । अघिल्लो साताबाटै टाउको दुख्ने, आँखा पोल्ने जस्ता लक्षण देखिएपनि १७ गते माघ सम्पादक पुण्यप्रसाद धलालाई सामान्य ज्वरो आएपछि पीसीआर परिक्षण गराउँदा कोरोना संक्रमणको पुष्टी भएको थियो ।

ज्वरो सोही दिन नै नियन्त्रणमा आएपनि स्वाद हराउने, टाउको दुख्ने लगायतका सामान्य समस्या देखिएका धमला अहिले होम आइसोलेसनमै रहेर आफ्नो पत्रकारितालाई निरन्तरता दिइरहेका छन् । स्वास्थ्यमा खासै समस्या नभएका कारण होम आइसोलेसनको केही दिनको बसाईपछि पुर्ण रुपमा स्वस्थ भएर नियमित काममा फर्किने विश्वासमा रहेका छन् ।

श्रीमति र तीन वर्षे छोरासँग बस्दै आएका धमलाकी श्रीमतीमा समेत कोरोनासँग मिल्दोजुल्दो स्वास्थ्य समस्या देखिएको छ । दुबैजना होम आइसोलेसनमा कोरोना जित्ने क्रममा रहेपछि तीन वर्षे छोरामा भने कुनै लक्षण देखिएको छैन । उनी अहिले आमा बुबाकै साथमा छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ