Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsदुर्घटनामा परेर कलाकार पुजाको निधन

दुर्घटनामा परेर कलाकार पुजाको निधन


काठमाडौं, बुटवल । रुपन्देहीको तिलोत्तमामा भएको सवारी दुर्घटनामा परेर कलाकार पुजा गहतराजको निधन भएको छ । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल भैरहवा सिद्धार्थ राजमार्गको ड्राइभरटोल नजिकै बसको ठक्करबाट स्कुटरमा सवार पूजाको मृत्यु भएको हो ।

बुटवल चाँदबारी घर भएकी पुजालाई ठक्कर दिने बसलाइ इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको जनाएको छ । २६ बर्षीया पूजा गहतराज नृत्यङ्गना समेत हुन् । न्यू इन्भारोमेन्ट कलेजमा नृत्य प्रशिक्षक समेत रहेकी उनी लुम्बिनी नृत्य कलाकर्मी संघ लुम्बिनी प्रदेशकी सदस्य समेत रहेको जनाइएको छ ।

उनको निधनपछि कलाकाहरुले सामाजिक सञ्जाल मार्फत मृतआत्माको चिरशान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समबेदना ब्यक्त गरिरहेका छन् । कतिपयले त पत्याउनै नसक्ने अकल्पनिय घटना भएको भन्दै शोक व्यक्त गरेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ