Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking News‘प्रतिस्पर्धा दोहोरीको, संरक्षण संस्कृतिको’ नारासहित ‘दोहोरी च्याम्पियन’ सुरु

‘प्रतिस्पर्धा दोहोरीको, संरक्षण संस्कृतिको’ नारासहित ‘दोहोरी च्याम्पियन’ सुरु


काठमाडौं । लोकदोहोरी प्रतिभाको प्रस्फुटनका लागि ‘दोहोरी च्याम्पियन’ हुने भएको छ । ‘प्रतिस्पर्धा दोहोरीको, संरक्षण संस्कृतिको’ नारासहित सुरु हुन लागेको ‘दोहोरी च्याम्पियन’को डिजिटल अडिसन शनिबारबाट सुरु भएको छ ।

फेब्रुअरी १३ अर्थात फागुन १ बाट सुरु डिजिटल अडिसन फागुन ८ अर्थात २१ फेब्रुअरीको दिन समापन हुनेछ । सहभागिताका लागि एक जना पुरुष र एक जना महिलाको समूह बनाएर कम्तिमा ४–४ टुक्का दोहोरी गाएर फेसबुक अथवा इमेलमा पठाउनु पर्नेछ । नेपाल टेलिभिजनबाट प्रशारण हुने ‘दोहोरी च्याम्पियन’का विजेताले २० लाख, दोस्रो, तेस्रो र चौथो हुनेले क्रमशः १० लाख, ३ लाख र २ लाख प्रदान गरिनेछ ।

प्रतियोगिताको निर्णायकका रुपमा बद्री पंगेनी र प्रिती आले रहेका छन् । प्रतियोगिताको प्रस्तुती नेपाल टेलिभिजनबाट प्रशारण हुने जनाइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ