Techie IT
Tue, November 30, 2021  |   मङ्लबार, मंसिर १४, २०७८
गृहपृष्ठ » Breaking News » कोरोनाले थलिएका ऋणीहरुलाई ५ महिना राहत

कोरोनाले थलिएका ऋणीहरुलाई ५ महिना राहत


184 Views

काठमाडौं । राष्ट्र बैंकले ६ महिना भन्दा बढीको ऋण बाकी नरहेकाहरुको धितो लिलाम र कालोसूचीमा राख्ने प्रक्रिया आगामी असार मसान्तसम्म अघि नबढाउन बैंकहरुलाई निर्देशन दिएको छ । आर्थिक वर्ष २०७७\०७८ को मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा गर्दै राष्ट्र बैंकले कोरोना प्रभावित ऋणीको ६ महिना भन्दा बढीको ऋण बाकी नरहेको अवस्थामा त्यस्तालाई धितो लिलामी र कालोसूचीमा राख्ने काम २०७८ असार मसान्तसम्म नगर्न निर्देशन जारी गरेको हो ।

यस्तै व्यक्तिगत आवधिक कर्जाको ब्याजदर कर्जा अवधिभर परिवर्तन नहुने गरी प्रवाहित कर्जामा ऋणीसँगको लिखित सहमतिमा पहिलो पटक ७ वर्षमा र त्यसपछि प्रत्येक ५ वर्षमा ब्याजदर पुनरावलोकन गर्न समेत राष्ट्र बैंकले मातहतका सबै बैंकलाई आग्रह गरेको छ । बैंकहरुले कोरोना माहामारीले ऋण तिर्न नसकेकाहरुको धितो लिलामका र कालोसूचीका सूचना प्रकाशन गरेको भन्दै व्यापक विरोध भएपछि राष्ट्र बैंकले यस्तो कदम चालेको हो ।

क्याटेगोरी : Breaking News, Nepal



प्रतिक्रिया दिनुहोस

-Advertisement-