Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsचिनियाँ खोप ‘भेरो सेल’लाई नेपालमा आपत्कालीन प्रयोगको अनुमति

चिनियाँ खोप ‘भेरो सेल’लाई नेपालमा आपत्कालीन प्रयोगको अनुमति


काठमाडौं । औषधि व्यवस्था विभागले चिनियाँ कम्पनीले विकास गरेको कोरोनाविरुद्धको खोप ‘भेरो सेल’लाई नेपालमा आपत्कालीन प्रयोगको लागि अनुमति दिएको छ । विभागले बुधबारको निर्णय अनुसार सूचना जारी गर्दै चीनको सिनोफार्मअन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टस कम्पनी लिमिटेड (बीआईबीपी) ले उत्पादन गरेको खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिइएको जानकारी गराएको हो ।

चीनले यसअघि नेपाललाई ३ लाख डोज खोप अनुदानमा दिने जानकारी गराउँदै छिटो ल्याउन भन्दै पहल गरेको थियो । यसअघि विभागले भारतको सिरम इन्स्टिच्युटको ‘कोभिसिल्ड’ खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिएको थियो । माघ ८ गते भारत सरकारले १० लाख डोज खोप अनुदानमा दिएसँगै नेपालमा अहिले खोप अभियान सञ्चालन भैरहेको छ । खोप अभियान अन्तर्गत, स्वास्थ्यकर्मी, सफाईकर्मी, सञ्चारकर्मी, कर्मचारी लगायतले पहिलो डोज खोप लगाएका छन् । अबको केही साताबाट ६० वर्ष माथीको जोखिम समूहका बृद्धबृद्धालाई खोप लगाउने तयारी गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ