Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअवको परिस्थितिका लागि तयारी रहन आफ्ना केन्द्रीय सदस्यलाई प्रचण्ड–नेपालको निर्देशन

अवको परिस्थितिका लागि तयारी रहन आफ्ना केन्द्रीय सदस्यलाई प्रचण्ड–नेपालको निर्देशन


काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले आफ्ना केन्द्रीय सदस्यलाई जुनसुकै बेला जस्तोसुकै निर्णय लिनुपर्ने भन्दै अबको परिस्थितिको तयारी अवस्थामा रहन निर्देशन दिएको छ । शुक्रबार पार्टी कार्यालय पेरिसडाडाँमा बसेको केन्द्रीय कमिटीको अनौपचारिक बैठकमार्फत अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले केन्द्रीय सदस्यहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।

‘जुनसुकै बेला जस्तोसुकै निर्णय निर्णय लिनुपर्ने हुन्छ, तपाईंहरु तयारी अवस्थामा रहनुहोला भन्दै दुवै अध्यक्षले निर्देशन दिएका बताइएको छ । शुक्रबारको बैठक झण्डै दुई घण्टा चलेको थियो । बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले समसामयिक राजनीतिक अवस्थाबारे जानकारी गराएका थिए । संसद् विघटन विरुद्ध गरिरहेको आन्दोलन र त्यसको परिणामबारे जनसंघर्ष समितिका संयोजक एवम् पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले केन्द्रीय सदस्यहरुलाई जानकारी गराउनुभएको थियो । बैठकमा प्रचण्ड, नेपाल र श्रेष्ठले संसद् विघटन विरुद्धको आन्दोलनलाई बलियो समर्थन मिल्दै गएको निष्कर्ष सुनाउँदै संसद् विघटनको निर्णय प्रतिगमन हो भन्ने सिद्ध भएको जानकारी गराएका थिए ।

नागरिक समाज, बौद्धिक, बुद्धिजिवी, पूर्वप्रधानन्यायाधीहरु, पेशाकर्मी, आमसञ्चार माध्यमहरु लगायतले यो सरकारको कदमलाई प्रतिगमन भनेर आफूहरुको एजेण्डामा साथ दिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा उपस्थित केन्द्रीय सदस्यहरुले नागरिकताको प्रतिलिपी बुझाउँदै हस्ताक्षर गरेका छन् । प्रधानमन्त्री ओलीले निर्वाचन आयोगलाई दबाब र प्रभावमा पारेर नेकपा बिवादबारे निर्णय गर्नबाट रोकेको निष्कर्षसहित प्रचण्ड नेपाल समूह बहुमत केन्द्रीय सदस्यको नागरिकतासहित निर्वाचन आयोग जान तयारीमा जुटेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ