Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्रदेश २ का प्रदेश प्रमुखको बर्खास्तीसँगै तरंगित बन्दै नेपाली राजनीति

प्रदेश २ का प्रदेश प्रमुखको बर्खास्तीसँगै तरंगित बन्दै नेपाली राजनीति


काठमाडौं । बलिदानीपूर्ण संघर्षबाट राणाशासन अन्त्य भएको दिनको स्मरण गर्दै शुक्रबार देशभर प्रजातन्त्र दिवस मनाइयो । तर यहि दिवसको माहौँलमा सरकारले भने राजनीतिक बृत्तमा अर्को तरंग पैदा गर्ने निर्णय गरेर फेरि देशलाई तरंगित गरिदिएको छ ।

बिना कुनै कारण शुक्रबार प्रदेश २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त गरिए । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ प्रमुख परियारलाई मन्त्रिपरिषद्को सिफारिसमा पदमुक्त गरेकी हुन् । प्रदेश प्रमुख परियारलाई नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम पदमुक्त गरेको जनाइएको छ । लगत्तै पत्रकार समेत रहेका राजेश झा (राजेश अहिराज) प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा नियुक्त भए, उनले नियुक्त भए लगत्तै उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्निप्रसाद सापकोटाको अनुपस्थितिमा सफल खाएका छन् । नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम रौतहटका झालाई प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । तिलक परियार प्रचण्डको सिफारिसमा प्रदेश प्रमुख नियुक्त भएका थिए ।

यो पदमुक्तको निर्णयलाई कतिपयले प्रचण्ड नेपाल समूहलाई थप कदमको चेतावनीका लागि भएको भन्दैगर्दा केहीले भने नेकपाको केन्द्रको बिवाद अब प्रदेशमा झरेको भनेका छन् । नियुक्तिको १५ महिना मुग्दा नपुग्दै त्यो पनि कार्यसम्पादन लगायतका कुनै काममा बिरोध र खोट नदेखाई गुटगत प्रतिशोध साध्न चालिएको यो कदमले देशमा थप अस्थिरता मच्चाउने संकेत गरेको छ । प्रधानमन्त्रीको यो कदमको प्रचण्ड–नेपाल समूहले चर्को बिरोध गरेको छ । यता, राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख परियारलाई गरेको बर्खास्त र नयाँ प्रदेश प्रमुख नियुक्त गरिएकोमा विरोध गर्दै भत्सर्ना गरेको छ । काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरेर प्रदेश प्रमुखको शुक्रबार गरिएको बर्खास्त र नयाँ नियुक्तिले सरकारको स्वेच्छाचारीता थप उदांगिएको दाबी गरेका छन् । ‘अघिल्लो सरकारको पालामा प्रक्रिया बमोजिम गरिएको नियुक्तिलाई गत वर्ष बदर गरेर सरकारले स्वेच्छाचारी ढङ्गले नियुक्ति गरेको थियो । आज फेरि त्यही प्रवृत्ति दोहोराएर सरकारले एकातर्फ प्रदेश प्रमुखको गरिमा थप घटाउँदै जाने कर्म गरेको छ भने निर्वाचन घोषणा भएको छ भनेर दलको विवाद निरूपण नगर्न निर्वाचन आयोगलाई आन्तरिक दबाब दिने सरकार बर्खास्त र नियुक्ति तर्फ लाग्नु नैतिक आचारको दृष्टिले समेत अत्यन्तै गलत र आपत्तिजनक छ ‘ कांग्रेसको विज्ञप्तिमा भनिएको छ ।

बिरोधी वा पार्टीकै अरु नेताहरु निकट रहेकाहरुलाई नै निशेष गर्ने निर्णयका कारण प्रधानमन्त्री ओली बिवादित बन्दै आएका छन् । पार्टीमा समेत आफ्ना र अर्काका छुट्याउने प्रधानमन्त्रीले पछिल्लो समय चालेका स्वेच्छाचारी कदमले देशलाई थप संबैधानिक र राजनीतिक संकटमा फसाउने आँकलन गर्नेहरु बढ्न थालेका छन् । अर्कोतर्फ बिनाकारण पदमुक्त गरिएका परिवार कानुनव्यवसायीसँगको परामर्शपछि अदालत जाने तयारीमा छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ