Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking News‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपा सरकारसँग वार्ताका लागि सकारात्मक

‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपा सरकारसँग वार्ताका लागि सकारात्मक


काठमाडौं । ओली सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सरकारसँग वार्ता र संवादका लागि सकारात्मक देखिएको छ । शनिवार प्रतिबन्धित पार्टीका महासचिव विप्लवले एक वक्तव्य जारी गर्दै सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा सरकारसँग वार्ताका लागि सकारात्मक रहेको जानकारी गराएका हुन् ।

वक्तव्यमा भनिएको छ, ‘आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग संवाद र वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउछौ ।’ केही समययता नेपाल सरकार र विप्लव समूहका नेताबीच अनौपचारिक रुपमा संवाद भइरहेको छ । प्रधानमन्त्री ओली र गृहमन्त्री रामबहादुर थापाले विप्लव समूहसँग वार्ता गरि शान्तिपूर्ण राजनीतिमा ल्याउने बताउँदै अनौपचारिक संवादलाई विभिन्न माध्यमबाट निरन्तरता दिदै आएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ