कोभिड–१९ विरुद्धको १० लाख डोज खोप नेपाल आइपुग्यो, केही दिनमै दोश्रो चरणको अभियान

काठमाडौं । सरकारले भारतको सेरम इन्ष्टिच्युटबाट किनेको कोभिड–१९ विरुद्धको १० लाख डोज खोप नेपाल आइपुगेको छ । आइतबार दिउँसो एयर इन्डियाको विमानबाट कोभिशिल्ड खोप त्रिभुवन विमानस्थल आइपुगेको हो । विमानस्थलबाट सरकारी अधिकारीहरुले खोपलाई सुरक्षित तरिकाले भण्डारणस्थलसम्म पुर्याएका छन् ।
सरकारले सेरमसँग २० लाख डोज खोप किन्ने निर्णय गरेको थियो र त्यसका लागि खरिद ऐन एक पटकका लागि संशोधन गरेर अग्रिम भुक्तानी पनि दिइसकिएको छ । अहिले स्वास्थ्यकर्मी, सफाईकर्मी,कर्मचारी तथा विभिन्न पेशाकर्मीलाई पहिलो चरण अन्तर्गत खोप लगाइएको छ । अहिले चालक सहचालक तथा शिक्षकहरुलाई खोप लगाउन थालिएको छ । अबको केही दिनमा पहिलो अभियान पुरा गरेर दोश्रो अभियान सुरु गर्ने तयारीमा सरकार जुटेको छ । यही महिनाको २३ गतेबाट ६० वर्षमाथीका जेष्ठ नागरिकलाई खोप लगाउने कार्यतालिका समेत सार्वजनिक गरिएको छ ।
तपाईको प्रतिक्रिया