Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअसंबैधानिक कदम चाल्ने प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्छ : नेताहरु

असंबैधानिक कदम चाल्ने प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्छ : नेताहरु


काठमाडौं । सर्वोच्च अदालतको संबैधानिक इजलासले प्रतिनितिसभा विघटनको निर्णय बदर गरेसँगै दलका नेताहरुले सकारात्मक कदम भन्दै प्रतिक्रिया दिन थालेका छन् ।

नेकपा प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतको फैसलाले देश अँध्यारो सुरुङमा जानबाट जोगिएको बताउनुभएको छ । प्रचण्ड–माधव समूहका प्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘सर्वोच्च अदालतले संविधानले दिएको जिम्मेवारी इमान्दारितापूर्वक पुरा गरेको छ । संविधान र लोकतान्त्र रक्षा गर्ने काम गरेको छ । राजनीतिक संकट गहिरिएर मुलुक अँध्यारो सुरुङमा जाने खतराबाट जोगाएको छ ।’ प्रवक्ता श्रेष्ठले अब प्रधानमन्त्रीले तत्काल राजीनामा दिएर संसदले अर्को सरकार गठन गर्ने लोकतान्त्रिक प्रक्रिया सुरु गर्नुपर्ने बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड माधव समूहकै नेता वर्षमान पुनले संसद विघटन बदर गर्ने सर्वोच्च अदालतले ऐतिहासिक फैसला सुनाएको प्रतिक्रिया दिनुभएको छ । अदालतले जनभावना अनुसार फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेको नेता पुनको दाबी छ ।

नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले संसद पुनर्स्थापना गर्ने फैसलाले अदालतप्रति विश्वास अझ गहिरो भएको बताउनुभएको छ । कांग्रेस नेता रिजालले सुरुदेखि नै मैले संसद विघटनलाई असंवैधानिक भनेको दाबी गर्दै फैसलाले अदालतप्रति हाम्रो विश्वास गहिरो भएको र संविधान जोगिएको प्रतिक्रिया दिनुभएको छ । संविधान नै उल्टाउन खोज्ने प्रधानमन्त्रीले राजीनामा नदिए संसदले उहाँलाई हटाउने नेता रिजालले धारण व्यक्त गर्नुभएको छ । सर्वोच्च अदालतले मंगलबार संसद विघटनलाई असंवैधानिक भएको ठहर गर्दै १३ दिनभित्र संसद बैठक बोलाउन आदेश दिएको छ ।

अनलाइनखबरसँग



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ