Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsएक होला त नेकपा ?, प्रचण्ड र वामदेवबीच गोप्य भेटवार्ता

एक होला त नेकपा ?, प्रचण्ड र वामदेवबीच गोप्य भेटवार्ता


काठमाडौं । नयाँ सत्ता समीकरणको तयारी तीव्र भइरहेको बेला नेकपा उपाध्यक्ष वामदेव गौतम र प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालबीच गोप्य भेट भएको छ । प्रचण्डलाई भेट्न गौतम बिहान सात बजे खुमलटार पुगेका थिए । उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको छ ।

भेटमा नेता गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्मानजनक ढंगले बहिर्गमनको वातावरण बनाउन र नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चुन्न दाहालसमक्ष प्रस्ताव गरेका छन् । प्रचण्डसँगको भेटमा गौतमले ओलीलाई अपमान महसुस नहुने गरी प्रधानमन्त्रीबाट विदा गरेमात्र नेकपा एकताबद्ध भइराख्न मद्दत पुग्ने बताएका थिए । वामदेवको प्रस्तावमा प्रचण्ड सकारात्मक रहेको बताइएको छ ।

दाहालले एकताको वातावरण बनाइराख्न सक्रिय भइराख्न गौतमलाई सुझाव दिएको बुझिएको छ । नेकपा दुई खेमामा बिभाजित भएको बेला उपाध्यक्ष गौतमले भने तटस्थ बसेर पार्टी एकताको पहल गर्दै आएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ