Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsफागुन २३ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

फागुन २३ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस


काठमाडौं । सरकारले प्रतिनिधिसभाको अधिवेशन फागुन २३ मा आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै संसद अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो ।

फागुन ११ मा सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णय बदर गर्दै १३ दिनभित्र संसद अधिवेशन बोलाउन परामादेश जारी गरेको थियो । अदालतको फैशला अनुसार नै सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्नुपर्ने सैबैधानिक व्यवस्था अनुसार बैठक बोलाउन सिफरिस गरिएको हो ।

अब राष्ट्रपतिले बैठक आह्वान गरेपछि पुर्नस्थापित प्रतिनिधिसभाको बैठक बस्नेछ । पहिलो बैठकमै प्रधानमन्त्री ओली विरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने तयारीमा नेकपाकै प्रचण्ड नेपाल समूह जुटेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ