Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसंघीय संसदका सभामुखसहित अधिकांश सांसदले लगाए कोरोनाविरुद्धको खोप

संघीय संसदका सभामुखसहित अधिकांश सांसदले लगाए कोरोनाविरुद्धको खोप


काठमाडौं । प्रतिनिधि सभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष र सांसदहरुले कोरोना भाइरस (कोभिड१९) विरुद्धको खोप लगाएका छन् । बुधबार बिहान सिभिल अस्पताल पुगेर सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष र सांसदहरुले खोप लगाएका हुन् ।

बिहान १० बजेदेखि सुरु भएको कार्यक्रममा पूर्वप्रधानमन्त्री प्रचण्ड, सभामुख अग्निप्रसाद सापकोटा, नेकपा नेता देवप्रसाद गुरुङलगायत अधिकांश सांसदहरुले खोप लगाएका छन् । अपराह्न ४ बजेसम्म चल्ने खोप अभियानमा संघीय संसदका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष, सांसदहरु, महासचिव, सचिवसँगै सचिवालयमा कार्यरत कर्मचारीहरु, हाजिरी व्यवस्थापनमा कार्यरत कर्मचारीहरु, मर्यादापालक र संसदीय मामिला पत्रकारहरुलाई पनि खोप लगाउने कार्यक्रम निर्धारण गरिएको छ ।

अदालतले प्रतिनिधिसभा विघटनको निर्णय बदरगरेर संसद बैठक बोलाउने १३ दिने समयसिमा समेत तोकेपछि सरकारको शिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते आइतवार ४ बजे प्रतिनिधिसभाको हिउँदे अधिवेशन बोलाउनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ