Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsजेष्ठ नागरिकलाई खोप लगाउन आइतबारदेखी २० दिनसम्म खोप अभियान

जेष्ठ नागरिकलाई खोप लगाउन आइतबारदेखी २० दिनसम्म खोप अभियान


काठमाडौं । आउँदो आइतबारदेखि सुरु हुने दोस्रो चरणको खोप अभियान २० दिनसम्म सञ्चालन हुने भएको छ । पहिलो १० दिनमा ६५ वर्षभन्दा माथिका र त्यसपछिका १० दिनमा ५५ वर्षदेखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।

सरकारले भारत सरकारको अनुदानमा प्राप्त १० लाख डोज ‘कोभिशिल्ड’ खोप र खरिद गरिएको २० लाख डोज खोपबाट माघ १४ गतेदेखि पहिलो चरणको खोप अभियान सञ्चालन गरेर सम्पन्न गरेको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पहिलो चरणमा कूल जनसङ्ख्याको १ दशमलव ४ प्रतिशतलाई खोप प्रदान गरिएको छ । पहिलो चरणमा अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार र सरकारी कर्मचारीलगायत चार लाख २९ हजार ७०५ जनाले खोप लगाएका थिए ।

बुधबार प्रतिनिधिसभाका सांसद र संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरुले खोप लगाएका छन् । दोस्रो चरणको खोप पनि ‘कोभिशिल्ड’ नै प्रदान गरिने मन्त्रालयले जनाएको छ । यो खोप अभियानपछि मन्त्रालयले अर्को अभियानको सुरुवात गर्नेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ