Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकोटेश्वरमा शुक्रबारबाट ह्याङआउट लाउञ्ज, अनिल सिंहको गायन

कोटेश्वरमा शुक्रबारबाट ह्याङआउट लाउञ्ज, अनिल सिंहको गायन


काठमाडौं । शुक्रबारबाट काठमाडौंको कोटेश्वरमा औपचारिक रुपमा ह्याङआउट लाउञ्ज एण्ड क्लब सञ्चालनमा आउने भएको छ । कोटेश्वरमा खुलेको यो लाउञ्जको अभिनेता भुवन केसीले शुभारम्भ गर्नेछन भने गायक अनिल सिंह र उनको रकस्टार सुपरस्टारको समुहले सांगितिक प्रस्तुती पस्कने छ ।

गायक सिंहलाई ‘नेपाल आइडल’की गायिका सन्ध्या जोशी, ‘भ्वाइस अफ नेपाल’की गायिका श्रेया राई तथा ‘नेपाल स्टार’की गायिका समिक्षा दाहालले साथ दिनेछन् । लाइभ कन्सर्टको क्रममा गायक सिंहसँग ट्रेजर ब्याण्ड तथा ह्याङआउट ब्याण्डले ब्यापकअप ब्याण्डको रुपमा साथ दिने बताइएको छ । भक्तपुर, ललितपुर अनि कोटेश्वर क्षेत्रका आम नागरिकलाई तनाव भुलाउनका लागि मनोरञ्जन सेवा दिन यसअघि नै लाउञ्ज सञ्चालनको तयारी गरिएपनि कोभिड–१९ को प्रकोपका कारण ढिलाई भएको थियो ।

लाउञ्जका सञ्चालकद्वय आशिष खड्का र राम थापा शिशिरले लाउञ्जले स्वादिष्ट खानासहित स्वस्थ मनोरञ्जन प्रस्तुत गर्ने जानकारी दिए । कोरोना भाइरसको महामारि र योसँगै गरिएको लकडाउनबाट सबैभन्दा बढी रात्रिकालिन व्यवसाय प्रभावित भएको थियो । केही महिनादेखी दोहोरी, डिस्को, क्लब, लाउञ्ज सञ्चालनमा आएपनि अझै कर्मचारि र पाल्न र भाडा तिर्न धौधौ पर्ने अवस्था विद्यमान रहेको व्यवसायीहरुले बताउने गरेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ