Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा कोरोना कहर, आइसोलेसन र क्वारेन्टिनलाई तयार राख्न गृहको परिपत्र

नेपालमा कोरोना कहर, आइसोलेसन र क्वारेन्टिनलाई तयार राख्न गृहको परिपत्र


काठमाडौं । छिमेकी राष्ट्र भारतमा कोरोनाको दोश्रो लहरले तिब्रता पाएसँगै नेपालमा समेत स्वास्थ्य सतर्कतासहित सावधानीका लागि सरकारले आम नेपालीलाई आह्वान गरेको छ । सरकारले मंगलबार मात्रै पनि आइसोलेसन र क्वारेन्टिनलाई तयार राख्न सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ ।

कोरोना महामारीको जोखिम बढेको भन्दै गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेर स्वास्थ्य मापदण्डसमेत अनिवार्य लागू गर्न निर्देशन दिएको छ । यसअघि नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माक्स अनिवार्य गर्न तथा स्वास्थ्य सावधानीसहितका जनस्वास्थ्यका यसअघिका मापदण्ड पालनाका लागि सचेत गराएको छ । पछिल्लो समय जिल्ला कोभिड व्यवस्थापन र रोकथाम तथा नियन्त्रणसम्बन्धी काम प्रमुख जिल्ला अधिकारी संयोजक रहेको जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) लाई दिइएको छ । केन्द्रमा संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) यससम्बन्धी निर्णय गर्न सरकारलाई सुझाव दिने उच्चस्तरीय संयन्त्र रहेको छ ।

कोरोना महामारी उच्च रहेका बेला विद्यालय, अन्य शैक्षिक संस्था, सरकारी भवन लगायतलाई क्वारेन्टिन र आइसोलेसन बनाइएको भएपनि अहिले धेरै संरचना कोरोना महामारि पूर्वकै अवस्थामा फर्काइएका छन् । जोखिमको आँकलन गरेको गृहले तयारी हालतमा राख्न सकिने क्वारेन्टिन र आइसोलेसनको विवरण समेत जिल्ला प्रशासन कार्यालयसँग माग गरेको छ । गृह मन्त्रालयले होटल रेस्टुराँ, डान्सक्लब, पार्टीलगायत रात्रिकालीन व्यवसाय सञ्चालनमा जोखिम हेरेर मापदण्ड हेरफेर गर्ने अधिकार स्थानीय प्रशासनलाई दिएको छ । भारतमा दिनहुँ संक्रमण र मृत्युदर बढ्दा नेपालमा समेत दोश्रो लहरको जोखिम बढेको छ ।

माक्स लगाउने, भौतिक दुरी कायम गर्ने, सेनिटाइजर तथा साबुन पानीले हात धुने लगायतका जनस्वास्थ्यका मापदण्ड पालनामा हेलचेक्राई बढ्दा दोश्रो लहर आएमा पहिलोभन्दा जोखिमयुक्त हुने भन्दै जनस्वास्थ्यविद्हरुले सचेत गराउँदैआएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ