Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsमाओवादीले कारबाही गरेका चारैजना नेताले पुनःनियुक्तिसहित लिए मन्त्रीको सपथ

माओवादीले कारबाही गरेका चारैजना नेताले पुनःनियुक्तिसहित लिए मन्त्रीको सपथ


काठमाडौं । पार्टीले सांसदबाट हटाएसँगै मन्त्रिबाट समेत पदमुक्त भएका चार जना पूर्व माओवादी नेतालाई शुक्रबार पुनःनियुक्तिसहित सपथ खुवाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमा पुन नियुक्त गरेका चारै जना ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमा टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा लेखराज भट्ट, सहरी विकासमन्त्रीमा प्रभु साह र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा गौरीशंकर चौधरी लाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७८ (१) अनुसार शपथ ग्रहण गराएकी हुन् ।

पुर्ननियुक्तिसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमा टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा लेखराज भट्ट, सहरी विकासमन्त्रीमा प्रभु साह र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा गौरीशंकर चौधरीकै निरन्तरता भएको छ । संविधानमा सांसद नरहेको व्यक्तिलाई ६ महिनासम्मका लागि मन्त्रि नियुक्त गर्न सकिने व्यवस्था रहेको छ । एमाले केन्द्रीय सदस्यमा मनोनीत भएका उनीहरुलाई नेकपा माओवादी केन्द्रले दलबाट निश्कासनको कारबाही गरेको थियो । राजनीतिक दलसम्बन्धी ऐनमा सांसदलाई निर्वाचित भएको दलले निश्कासन गरेपछि सांसद पदबाट पनि पदमुक्त हुने व्यवस्था छ । माओवादी केन्द्रले कारबाही गरेको सूचना सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार मात्रै संसदमा सुनाउनुभएको थियो ।

६ महिनाभित्र उपचुनाव हुनुपर्ने भएकाले टोपवहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी त्यतिन्जेलसम्म मन्त्री हुन पाउँनेछन् । उपचुनावमा उनीहरु एमालेबाट उम्मेदवार बन्ने निश्चित जस्तै हुँदा उप चुनाव हुने नहुने नै अन्यौल छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ