Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअब ट्राफिक नियम उल्लंघनको जरिवाना आफ्नै बैंक खाताबाट तिर्न सकिने

अब ट्राफिक नियम उल्लंघनको जरिवाना आफ्नै बैंक खाताबाट तिर्न सकिने


काठमाडौं । अब ट्राफिक नियम उल्लङ्घन गरेबापत तिर्नुपर्ने जरिवाना मोबाइलबाटै तिर्न पाइने भएको छ । यसअघि अनलाइन सेवा प्रदायक संस्थाबाट ट्राफिक जरिवाना भुक्तानी शुरु गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले सेवा विस्तारलाई परिस्कृत गर्दै आफ्नै बैंक खाताबाट सिधै जरिवाना तिर्न सकिने बनाएको हो ।

यसले आम सवारी चालकलाई जरिवाना तिर्न बैंकमा लाइन बस्नुपर्ने, लामो समय व्यर्थ खर्चिनु पर्ने बाध्यताको अन्त्य हुने आँकलन गरिएको छ । महाशाखाका बरिष्ठ प्रमुख प्रहरी उपरीक्षक जनक भट्टराईले ट्राफिक कार्यालयमा हुने भिडभाडमा समेत कमी आउने विश्वास व्यक्त गर्नुभएको छ । ट्राफिक महाशाखाले ट्राफिक जरिवाना रकम ट्राफिक भ्वाइलेसन रेकर्ड सिस्टम (टिभीआरएस), नेपाल सरकारको राजश्व व्यवस्थापन सूचना प्रणाली (आरआइएमएस) र सेवा प्रदायक संस्थाबीच समन्वय गरी सम्बन्धित व्यक्तिको बैँक खातामार्फत भुक्तान हुने गरी सफ्टवेयर प्रणालीको विकास गरेको छ ।

शुक्रबारदेखि थप ४५ वटा बैंक तथा वित्तीय संस्था र ७ वटा अनलाइन भुक्तानी सेवा प्रदायक संस्थाबाट सिधै ट्राफिक जरिवाना भुक्तानी गर्न सकिने बनाइको छ । आगामी दिनमा अनलाइन भुक्तानी प्रणाली सेवा सञ्चालनसम्बन्धी महाशाखाले निर्धारण गरेको मापदण्ड पूरा गर्ने अन्य सेवा प्रदायकलाई समेत आवद्ध गर्दै अनलाइन सेवालाई विस्ता गरिने महाशाखाले जनाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ