Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा कोरोनाको दोश्रो लहर, पछिल्लो २४ घण्टामा थपिए १०९६ संक्रमित

नेपालमा कोरोनाको दोश्रो लहर, पछिल्लो २४ घण्टामा थपिए १०९६ संक्रमित


काठमाडौं । नेपालमा पछिल्लो समय कोरोनाको दोश्रो लहरको जोखिम बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

५ सय ८४ जनाको पीसीआर र ६ सय ९९ को एन्टिजेन परीक्षणका क्रममा यी संक्रमित पहिचान भएका हुन् । १०१५ जना पीसीआर परीक्षण र ८१ जना एन्टिजेन परीक्षणबाट पहिचान भएको जनाइएको छ । काठमाडौँ उपत्यकामा सर्वाधिक ४ सय ३५ जनामा संक्रमित थपिएका छन् । यी मध्ये ३ सय २६ जना काठमाडौँमा, ६४ जना ललितपुर तथा ४५ जना भक्तपुरमा थपिएका हुन ।

हाल ८५ क्वारेन्टिन, १ सय १६ जना आइसीयू र ४६ जना भेन्टिलेन्टरमा रहेका छन् । पछिल्लो २ सय ६२ जना डिस्चार्ज भएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ