Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeHealth-lifestyleआज र भोलि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

आज र भोलि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै


काठमाडौं । ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको जोखिम कायम रहेकै अवस्थामा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी औषधि खुवाइँएको जानकारी गराएको हो ।

यो कार्यक्रममा ६ देखि ५९ महिना सम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइँदैछ । १२ देखि ५९ महिनाका बालबालिकालाई भने जुकाको औषधि पनि खुवाइदैछ । आज छुटेकाहरुका लागि मंगलबार अर्थात भोली भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइने जनाइएको छ ।

यसअघि देखी नै सरकारले नजिकको स्वास्थ्य केन्द्रमा स्वास्थ्य सावधानिसहित उपस्थित भएर भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउन अभिभावलाई आह्वान गरेको थियो । सहभागि हुँदा भौतिक दूरीसहित स्वास्थ्य सावधानीका उपायहरुको अबलम्बन गर्न गराउन सबैलाई आह्वान गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ