Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा पछिल्लो २४ घण्टामा थपिए ५ हजार ७२७ संक्रमित, ३३ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थपिए ५ हजार ७२७ संक्रमित, ३३ जनाको मृत्यु

२२ जिल्ला उच्च जाखिममा, यात्रा नगर्न अपिल


काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३ सय ९१ पीसीआर परीक्षणबाट ५ हजार ६ सय ५७ जना र ५२५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५७२७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको कुल संख्या ३ लाख २३ हजार १ सय ८७ पुगेको छ ।

अहिले ३८ हजार ८ सय १३ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये ३६ हजार १ सय ३५ जना होम आइसोलेसनमा र दुई हजार ६ सय ७५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोना भाइरस संक्रमितमध्ये ३३१ जना आईसीयूमा र ११५ जना भेन्टिलेटरमा उपचाररत रहेको बताइएको छ । कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ३३ जनाको मृत्यु भएसँगै मृतकको संख्या तीन हजार २ सय ४६ पुगेको छ । पछिल्लो २४ घण्टामा ९ सय २८ जना कोरोनामुक्त भएका छन् ।

यी जिल्लामा थपिए संक्रमित
काठमाडौंमा सबैभन्दा धेरै २ हजार ४ सय ४ जना, ललितपुरमा ४ सय १९ जना र भक्तपुरमा १ सय ३३ गरी उपत्यकामा २ हजार ९ सय ५६ जनामा संक्रमित थपिएका छन् । रुपन्देही ४७३ जना, बाँकेमा ४२२ जना, दाङमा २५२ जना, मोरङमा १६१ जना, पर्सामा १५३ जना, चितवनमा १११ जना, सुर्खेतमा ९७ जना, झापामा ७७ जना, काभ्रेपलाञ्चोकमा ६९ जना, सुनसरीमा ५८ जना, धनुषामा ५२ जना र बर्दियामा ५० जना, नवलपरासी पश्चिम र कञ्चनपुरमा ४६\४६ जना, रोल्पामा ४४ जना, बारा र पाल्पामा ४३\४३ जना, कैलालीमा ४१ जना, मकवानपुरमा ३८ जना, नवलपरासी पूर्वमा ३६ जना, सिन्धुपाल्चोक र अर्घाखाँचीमा २८\२८ जना, कपिलवस्तुमा २७ जना, गोरखामा २० जना, सर्लाहीमा १९ जना, दैलेखमा १७ जना, रौतहट र बैतडीमा १६\१६ जना, रामेछाप, गुल्मी र अछामान १४\१४ जना, सिरहा, धादिङ, नुवाकोट र डडेलधुरामा १३\१३ जना, दोलखा ११ जना, प्युठान र सल्यानमा १०\१० जना, महोत्तरीमा ९ जना, कास्कीमा ८ जना, ओखलढुंगा, भोजपुर, सिन्धुली र स्याङजामा ६\६ जना, तनहुँ र रूकुम पश्चिममा ५\५ जना, इलाम र खोटाङ र सप्तरी ४\४ जना, उदयपुर र बाजुरामा ३\३ जना, लमजुङ, बागलुङ, रूकुम पूर्व, जाजरकोट, जुम्ला, हुम्ला, डोटी र दार्चुलामा २\२ जना र ताप्लेजुङ, तेह्रथुम, धनकुटा, पाँचथर, संखुवासभा, पर्वत म्याग्दी र कालिकोट मा १\१ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

९ वर्ष मुनिका १ सय ३९ बालबालिकामा कोरोना संक्रमण पुष्टि हुँदा १० देखि १९ वर्ष मुनिका ३ सय ६७ बालबालिकामा पछिल्लो २४ घण्टामा कोरोना पुष्टि भएको छ ।

२२ जिल्ला उच्च जोखिममा रहेको भन्दै नजान अपिल
देशका २२ जिल्लामा कोरोनाभाइरस संक्रमणको फैलावट तिब रहेको भन्दै स्वास्थ्य मन्त्रालयले शुक्रबार सकेसम्म ती ठाउँमा नजान सर्वसाधारणलाई अपिल गरेको छ । मन्त्रालयद्वारा विज्ञप्ती जारी गर्दै हवाई वा स्थल मार्गबाट देश विदेश जानेआउने तथा आन्तरिक बाह्य पर्यटनका लागि कहिँकतै जाने कामहरु पूर्णरुपमा नगर्न र नगराउन आग्रह गरेको हो । देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण फैलिरहेको स्थितीमा संवेदनशिल बन्न आह्वान गरेको मन्त्रालयले सार्वजनिक स्थानमा जाने, भीडभाड हुने कामहरु समेत नगर्न र नगराउन अनुरोध गरेको छ ।

अति प्रभावित जिल्लाहरु
मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरलाई अति प्रभावित जिल्ला हुन । यी जिल्लामा कोरोनाको संक्रमण र मृत्युदर उच्च देखिदा अस्पतालमा गम्भिर बिरामीले समेत बेड नपाउने अवस्था छ । समुदायमा तिब्र गतिमा संक्रमण फैलिएपछि नियन्त्रण र उपचारमै गम्भिर समस्या पैदा भएको भन्दै स्वास्थ्यकर्मीहरु समेत चिन्तित बन्दै आएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ