Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsउपत्यकाको निषेधाज्ञामा कडाई, बिहिबारबाट अत्यावश्यक बाहेकका कार्यालय बन्द

उपत्यकाको निषेधाज्ञामा कडाई, बिहिबारबाट अत्यावश्यक बाहेकका कार्यालय बन्द


काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार (भोलि) देखि अत्यावश्यकबाहेकका सम्पुर्ण कार्यालय बन्द हुने भएका छन् । काठमाडांै प्रशासनले एक सूचना निकाल्दै कोरोनाको महामारी तीव्र रूपमा बढिरहेकाले त्यसको नियन्त्रणका लागि यस्तो निर्णय गएिको जनाएको गराएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोभिड–१९ को जोखिम बढ्दो क्रममा रहेकाले निषेधाज्ञाको अवधिभर अत्यावश्यक सेवा बाहेकका कार्यालय बन्द गर्न लागिएको जानकारी दिनुभयो । निषेधाज्ञाको अवधिभर अत्यावश्यक सेवाको कार्यालयबाहेक अन्य सबै जिल्लामा रहेका कार्यालय यही वैशाख ३० गतेदेखि बन्द गर्ने\गराउने व्यवस्थाका लागि जानकारी गराइन्छ, प्रशासनले निकालेको सार्वजनिक सूचनामा भनिएको छ । अत्यावश्यक सेवाका कार्यालयलाई सेवा प्रवाहमा कुनै व्यवधान आउन नदिइ न्यूनतम जनशक्तिमा सेवा प्रवाहको व्यवस्थापन गर्नसमेत आग्रह गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ