Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसमाजवादी पार्टीका ४ जना प्रदेश सांसदको पद अदालतबाट पुर्नवहाली !

समाजवादी पार्टीका ४ जना प्रदेश सांसदको पद अदालतबाट पुर्नवहाली !


काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका ४ जना सांसदलाई पदमुक्त गर्ने लुम्बिनी प्रदेशसभाका सभामुखको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । जसपाका सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सांसद पदबाट पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

यी चार सांसदहरु पार्टीको निर्णय विपरीत लुम्बिनी प्रदेश सरकारमा सहभागी भएपछि जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बहुमत सदस्यको बैठकको निर्णबाट दल निष्कासनको कारबाहीमा परेका थिए । जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठकले ४ जना सांसदलाई पार्टीबाट निष्कासन गरेको भनी लुम्बिनी प्रदेशसभामा पत्र पठाएसँगै जसपाका सांसदहरु पदमुक्त भएका थिए ।

सर्वोच्च अदालतले सांसदहरुलाई निष्कासन गर्नुअघि दलको केन्द्रीय समितिले स्पष्टीकरण पेश गर्ने मौका दिएको नदेखिएको भन्दै अन्तरिम आदेश जारी हुने कि नहुने भन्ने विषयमा दुबै पक्षसँग छलफल गर्नुपर्ने देखिएको उल्लेख गरेको छ । तर अर्को सुनुवाइको मिति भने तोकिएको छैन ।
हेर्नुहोस् सर्वोच्च अदालतको आदेश



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ