Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअस्थायी अस्पताल बनाएर भएपनि नागरिकलाई सहज उपचार सेवा दिनु : सर्बोच्च अदालत

अस्थायी अस्पताल बनाएर भएपनि नागरिकलाई सहज उपचार सेवा दिनु : सर्बोच्च अदालत


काठमाडौं । सर्वोच्च अदालतले कोरोना संक्रमितको संख्या बढ्दै गएको अवस्थामा अस्थायी अस्पतालको वैकल्पिक व्यवस्थासहित नागरिकलाई सहज उपचार सेवा दिन सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश दीपककुमार कार्कीको इजलासले अस्पताल र स्वास्थ्य संस्थाहरुमा बेडको अभाव भएमा खाली ठाउँ र भवनमा अस्थायी अस्पताल, उपचार केन्द्र बनाइ संक्रमितको उपचार गर्न आदेश दिएको हो ।

अधिवक्ता कृतिनाथ शर्मा पौडेलले दायर गरेको रिट निवेदनमाथि भएको सुनुवाइपछिको आदेशमा उपचार केन्द्रमा चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्था गरी प्रभावकारी उपचार गर्न, स्वास्थ्य विज्ञहरुको सल्लाह सुझाव अनुसार छुट्टै संयन्त्र बनाइ कोरोना नियन्त्रण, रोकथामका लागि व्यवस्था गर्न भनिएको छ । यस्तै, खोपको आपूर्ति गरी खोप अभियान सञ्चालन गर्नपनि आदेश दिइएको छ । क्वारेन्टाइन, होम आइसोलेनलाई थप प्रभावकारी बनाउन पनि अदालतद्धारा जारी आदेशमा भनिएको छ ।
यस्तो छ अदालतको आदेश



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ