Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा थपिए ८ हजार ६०७ कोरोना संक्रमित, मृतकको संख्या ६ हजार नाग्यो

नेपालमा थपिए ८ हजार ६०७ कोरोना संक्रमित, मृतकको संख्या ६ हजार नाग्यो


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ६०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार देशभरका विभिन्न प्रयोगशालामा २२ हजार ३५३ जनाको पीसीआर परीक्षणमा ८ हजार ४०७ र ८७३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणबाट २०० जना गरी कुल ८ हजार ६०७ जना संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ । पछिल्लो २४ घण्टामा ७ हजार ८९० जनाले कोरोना जितेका छन् । योसँगै कोरोना जित्नेहरुको संख्या ३ लाख ७४ हजार ८३६ पुगेको छ । हाल देशभर सक्रिय संक्रमित १ लाख १६ हजार नाघेको छ । सक्रिय संक्रमितमध्ये १ लाख ८ हजार ४९५ जना होम आइसोलेसनमा र ७ हजार ६९७ जना संस्थागत आइसोलेसन अर्थात देशका विभिन्न अस्पतालमा उपचाररत छन् ।

शुक्रबारसम्म १ हजार ७१६ जना आईसीयूमा र ५११ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा १ सय ७७ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ हजार २४ पुगेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ